सुरक्षादेखि निशासम्म ‘जुलेबी’ पोस्टरमा गम्भीर भावमा

सुरक्षादेखि निशासम्म ‘जुलेबी’ पोस्टरमा गम्भीर भावमा

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक गणेश देव पाण्डेको निर्देशनमा निर्माण भएको सिनेमा ‘जुलेबी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको थिमअनुसार गुलाबी ‘कलर टोन’मा तयार पारिएको पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु निशा अधिकारी, सुरक्षा पन्त, उषा रजक र सुशील सिटौला गम्भीर मुद्रामा प्रस्तुत छन् ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा चारजना महिला पात्रको प्रेमकथामा केन्द्रित छ । सिनेमामा मोनिका थापा, पुष्कर कार्की, तुफान थापालगायतको पनि अभिनय छ । एन्थोलोजी जनरामा निर्माण भएको सिनेमाले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित ‘जुलेबी’की निर्माता आभा शर्मा हुन् । सिनेमामा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको छ । डिसिएनले वितरणको अधिकार लिएको सिनेमाको विदेशका केही देशमा प्रदर्शन अधिकार बिक्री भैसकेको छ ।

सिनेमाको कथावस्तु दर्शकलाई पृथक लाग्ने निर्देशक पाण्डेको विश्वास छ । उनले पछिल्लो पटक निर्माण तथा निर्देशन गरेको सिनेमा ‘गाँजाबाजा हो । जसले बक्सअफिसमा सफलता पाउन नसकेपनि दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।