१२ बर्षपछि ‘तेल भिसा’ निर्देशन गर्दै शंकर घिमिरे, मुख्य भुमिका विपिन कार्की अनुबन्धित

१२ बर्षपछि ‘तेल भिसा’ निर्देशन गर्दै शंकर घिमिरे, मुख्य भुमिका विपिन कार्की अनुबन्धित

द सिनेमा टाइम्स
574
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक शंकर घिमिरे ‘तेल भिसा’बाट निर्देशनमा कमव्याक गर्ने भएका छन् । १२ बर्षपछि निर्देशनमा कमव्याक गर्न लागेका उनले आइतबार सिनेमामा अभिनेता विपिन कार्कीलाई मुख्य भुमिका अनुबन्धित गरेका छन् । सिनेमाको निर्माण समेत स्वंयम निर्देशक घिमिरेले नै गर्नेछन् ।

छोराछोरीले आफ्नो सन्तान भएपछि स्याहार-सुसार गर्न आमा-बुबालाई विदेश बोलाउने चलनलाई व्यंग्यात्मक रुपमा तेल भिसा भनिन्छ । सिनेमाले सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने निर्देशक घिमिरेले बताए । ‘तेल भिसा’का लागि विपिनलाई अहिलेसम्मकै महंगो पारिश्रमिक दिएको दाबी निर्देशक घिमिरेले गरेका छन् ।

सिनेमामा विपिन दोहोरो भूमिकामा रहनेछन् । उनी छोरा र पिताको भूमिकामा प्रस्तुत हुने निदेशक बताउँछ । तिहारपछि नेपाल र अमेरिकामा सिनेमाको छायांकन हुनेछ । विपिनसँग सम्झौतापछि निर्देशक घिमिरेले द सिनेमा टाइम्ससँग भने, ‘सिनेमा विशुद्ध मनोरञ्जन र यथार्थ बिषयमाथि निर्माण हुनेछ । साथै म १२ बर्षपछि निर्देशनमा कमव्याक गर्दैछु, त्यसैले पनि मलाई उत्कृष्ट सिनेमा बनाउनुपर्ने चुनौती छ । जसले गर्दा सिनेमा निर्माण कुनैपनि सम्झौता नगरी दर्शकले लामो समयसम्म सम्झिरहने सिनेमा बन्ने विश्वास छ ।’

‘तेल भिसा’का लागि अन्य कलाकार र प्राविधिक टिम छनोटको चरणमा रहेको निर्देशक घिमिरेले बताए । शंकरले अमेरिका जानु अगाडी ‘विष’, ‘वीरताको चिनो’, ‘तुलसी’ र ‘ब्रेकफेल’लगायतका सिनेमाको निर्देशन गरेका छन् । ‘ब्रेकफेल’ बक्सअफिसमा असफलता भएपछि उनी अमेरिका गएका थिए ।