‘उपहार’को मुख्य भुमिकामा मुकुन भुषाल अनुबन्धित, रेखासँग बाँधियो जोडी

‘उपहार’को मुख्य भुमिकामा मुकुन भुषाल अनुबन्धित, रेखासँग बाँधियो जोडी

द सिनेमा टाइम्स
693
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता मुकुन भुषाल निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा ‘उपहार’को मुख्य भुमिकामा अनुबन्धित भएका छन् । गत बर्ष प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’ हिट भएपछि मुकुनले लगातार सिनेमा साइन गरिरहेका छन् ।

आइतबार निर्देशक देउजा र व्यावसायी बलराम शाहीले मुकुनसँग कागजी सम्झौता गरेका हुन् । अभिनेत्री रेखा थापाको निर्माण तथा अभिनय रहने सिनेमा ‘उपहार’मा उनले अभिनेत्री थापासँग स्क्रिन सेयर गर्दैछन् । पहिलो पटक रेखा र भुषालबीच सिनेमामा सहकार्य हुन लागेका हो ।

सिनेमामा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ । आगामी भदौबाट छायांकनमा जाने ‘उपहार’मा अर्की एकजना अभिनेत्रीको खोजी भैरहेको जानकारी निर्माण टिमले दिएको छ । अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको सिनेमाको छायांकन काठमाडौं आसपासमा गर्ने तयारी गरिएको छ ।

रेखा फिल्म्स तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा निर्माण हुने ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित हुने जनाइएको छ । ‘उपहार’बाट रेखा थापाले ‘मालिका’ रिलिजको ५ वर्षपछि अभिनय र निर्माणमा कमव्याक गर्दैछिन् ।