फिडेल देवकोटा निर्देशित ‘दी रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छनोट

फिडेल देवकोटा निर्देशित ‘दी रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छनोट

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा नेपाली सिनेमा ‘दी रेड सुटकेस’ छानिएको छ । फिडेल देवकोटाको निर्देशनमा निर्माण भएको सिनेमा भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा ओरिजोन्टी विधामा छनोट भएको हो ।

विदेशी टिमको संलग्नता बिना नै भेनिसमा छनोट हुने यो पहिलो नेपाली सिनेमा बनेको छ । यसअघि भेनिस पुगेको ‘कालो पोथी’ र ‘सेतो सूर्य’ सिनेमामा निर्माता तथा छायांकार विदेशी थिए । कोरोना महामारीको समयमा छायांकन भएको ‘दि रेड सुटकेस’मा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता विपिनले यो सिनेमाका लागि पारिश्रमिक लिएका छैनन् । रामकृष्ण पोख्रेलको निर्माण रहेको सिनेमाले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथालाई प्रस्तुत गरेको जनाइएको छ । सुसन प्रजापतिको छायांकन रहेको सिनेमामा उत्सव बुढाथोकीको संगीत र साउन्ड डिजाइनमा श्रवलराज पाण्डे र सुदीप्ता सधुखान छन् ।

पोस्ट प्रोडक्सनको काम श्रीलंकामा भएको सिनेमाका निर्माता रामकृष्णका अलवा शोभा थापा र निर्देशक देवकोटा हुन् । सिनेमालाई विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजनामा निर्माता पोखरेल रहेका छन् ।