दयाहाङ र बुद्धिको मुख्य भुमिका रहने ‘कार्साङ’को विदेश राइट्स बिक्रि

दयाहाङ र बुद्धिको मुख्य भुमिका रहने ‘कार्साङ’को विदेश राइट्स बिक्रि

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यम शेर्पाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’को विदेश राइट्स बिक्रि भएको छ । सिनेमा ‘कार्साङ’का तर्फबाट निर्देशक शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्रतिक सुवेदी र रमेश ढकालले लिखित सम्झैता गरेका हुन् । सिनेमाको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको छ ।

लिखित सम्झौता भएसँगै यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको सिनेमाको अन्तराष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने पक्का भएको हो । सिनेमामा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । सिनेमाको मुख्य अभिनेत्रीको रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् ।

निर्देशक शेर्पा र अभिनेत्री छिरिङको कार्साङ डेब्यू सिनेमा हो । निर्देशक शेर्पाले यसअघि उनले थुप्रै छोटो सिनेमाको निर्देशन गरिसकेका छन् । सिनेमामा उनी स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको सिनेमाका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए ।

पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमामा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । सिनेमाको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने छ ।

तिहार लगतै छायाकंन गरिने सिनेमाको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ । ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ सिनेमालाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् ।