नेपालमा ‘अदृश्य’ जस्ता सस्पेन्स थ्रिलर कथामा सिनेमा कम बन्छन् : प्रमोद अग्रहरी

नेपालमा ‘अदृश्य’ जस्ता सस्पेन्स थ्रिलर कथामा सिनेमा कम बन्छन् : प्रमोद अग्रहरी

द सिनेमा टाइम्स
1.6k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘अदृश्य’को सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए ।

सिनेमाका निर्माता तथा निर्देशक काफ्ले ‘अदृश्य’ एउटा उत्कृष्ट सिनेमा बनेको दाबी गर्छन् । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनैपनि कम्प्रमाइज नगरी काम गरेकाले आफुले डेव्यु निर्देशकिय सिनेमा राम्रो बनाउन सकेको बताउँछन् । सिनेमाको पहिले नाम ‘ए’ राखिए पनि पछि कथा सुहाउँदो नाम ‘अदृश्य’ फिट हुने भएपछि परिर्वतन गरिएको बताए ।

अभिनेता प्रमोद अग्रहरीले कोरोना महामारीका बीच छायांकन गरिएको सिनेमाको सार्वजनिक पोस्टर, गीत र ट्रेलर दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने विश्वास व्यक्त गरे । नेपालमा सस्पेन्स थ्रिलर कथामा निकै कम सिनेमा बन्ने भएकाले पनि यस्तो खालका सिनेमा दर्शकको रोजाईमा पर्न सक्छन् । आफ्नो लुक्सले पनि दर्शकलाई लोभ्याएको बुझाई उनको छ ।

सिनेमाका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि सिनेमा राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । प्रमोद अग्रहरी, रिस्ता बस्नेत अनि रवी गिरी जस्ता अग्रज कलाकासँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको भन्दै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा सवैले हेरेर सहयोग गरिदिन आग्रह गरे ।

सिनेमाकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले रिलिजको ४ दिन अगाडी गरिएको पत्रकार भेटघाटले पनि दर्शकलाई सिनेमाको बारेमा धेरै कुरा जान्ने अवसर मिलेकाले पनि हलमा राम्रो सङ्ख्यामा दर्शक पुग्ने अपेक्षा व्यक्त गरिन् । उनले यो सिनेमाबाट धेरै कुरा सिक्ने अवसर समेत मिलेको बताइन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री सिनेमाका सह-निर्माता हुन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।