ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’मा बेनिशा र समर्पण अनुबन्धित

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’मा बेनिशा र समर्पण अनुबन्धित

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा ‘उपहार’को मुख्य भुमिकामा अभिनेत्री बेनिशा हमालको प्रवेश भएको छ । सिनेमाको मुख्य भुमिकामा यअअघि नै अभिनेत्री रेखा थापा र पूजा शर्मा अनुबन्धित भैसकेका थिए ।

आगामी भाद्र दोस्रो साताबाट फ्लोरमा जाने सिनेमामा अभिनेत्री थापाकोे जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ, भने बेनिशासँगै अभिनेत्री पूजा शर्माको जोडीको रुपमा मिस्टर नेपाल २०२३ समर्पणजंग कार्की अनुबन्धित भएका छन् । पाइलट समेत रहेका उनी फेसन शो हुँदै नेपाली सिनेमामा डेव्यु गर्दैछन् ।

सिनेमाका लागि अभिनेत्री बेनिशा हमालकोे जोडी र अन्य केही कलाकारको खोजी भैरहेको निर्देशक देउजाले बताए । विष्णु कल्पितको छायांकन रहने सिनेमा सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको हो ।

काठमाडौं आसपासमा छायांकन हुने सिनेमाको कथा सुलक्षण भारती र पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् । ‘उपहार’बाट रेखा थापा ५ वर्षपछि निर्माण तथा अभिनयमा कमव्याक गर्दैछिन् ।