मल्टिस्टारर सिनेमा ‘ऐंचो पैंचो’ले देखाएको सम्भावना

मल्टिस्टारर सिनेमा ‘ऐंचो पैंचो’ले देखाएको सम्भावना

टिजर र गीत सार्वजनिक गरिसकेको निर्माण पक्षले सिनेमाका बाँकी प्रचार सामग्री ल्याउन बाँकी छ ।

द सिनेमा टाइम्स
525
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टिस्टारर सिनेमा ‘ऐंचो पैंचो’ले सम्भावना देखाएको छ । टिजर र गीत सार्वजनिक गरिसकेको निर्माण पक्षले सिनेमाका बाँकी प्रचार सामग्री ल्याउन बाँकी छ ।

सार्वजनिक संबादरहीत टिजर र यसका दृश्यले सिनेमा राजनीतिको पृष्ठभूमीमा रहेको स्पष्ट संकेत गरेको छ । तर कस्तो राजनीति र के हो गन्तब्य स्पष्ट खुलिसकेको छैन । टिजरले काशिस क्षेत्री राजनीतिज्ञको भूमिकामा रहेको प्रष्ट संकेत गर्छ । तर, मुकुन भुसाल पनि राजनीतिज्ञको रुपमा रहेको संकेत गरे पनि प्रष्ट भने छैन । बुलेट आफैँ हुइक्याउने स्वस्तिमा कार्यकर्ता मात्रै हुन् ? जो विजयउत्सव खुलेर मनाइरहेकी छन् । दूधले नुहाउने वर्षा राउत र पोखरीमा पौडिएर छक्क पर्ने सुशील सिटौला को हुन् ? टिजरले कौतुहलता सिर्जना गरेको छ ।

सिनेमाको गीत सार्वजनिक कार्यक्रममा एमाले सचिव योगेश भट्टराई पुग्नुले पनि सिनेमा राजनीतिक भएको प्रष्ट पार्छ । भदौ १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।

केपी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ । रेनिश फागोकको कलर, सत्यम राणाको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

नेपाली चलचित्र उद्योगमा राजनीतिक विषयमा कमै मात्रै सिनेमा निर्मााण भइरहेका बेला कृषाले यो विषयमा सिनेमा बनाउने हिम्मत जुटाएकी हुन् । प्रोडक्सन डिजाइनमा प्रायः राजनीतिक विषय उठान गर्ने राजनीतिक सिनेमा चुक्ने गरेका छन् । कृषाले अक्सर दोहोरिने यो सिनेमाबाट आफूलाई कसरी जोगाएकी छन्, त्यो भने हेर्न बाँकी नै छ । तर नेपालमा राजनीतिक सिनेमा बनाउनु नै चुनौती उठाउनु हो । यो विषय उठाएर सुरुमै उनले चुनौती अर्थात् रिस्क मोलेकी छन् । तर, जहाँ रिस्क धेरै हुन्छ त्यहाँ सम्भावना पनि धेरै हुन्छ । यसको टिजर हेरेर धेरैले प्रशंसा गरिरहेका छन् । यसले निर्माण पक्ष थप उत्साही बनेको छ ।