आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’ ट्रेलर सार्वजनिक

आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन आले मगर निर्देशित सिनेमा ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतबीचको मित्रतासँगै प्रेममा आउने उतार-चढावलाई सिनेमाको सार्वजनिक ट्रेलरमा देखाउन खोजिएको छ ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको २ मिनेट ५२ सेकेण्ड लामा ट्रेलरमा रेखा शाहको प्रेममा रहेका आकाश एक दुर्घटनापछि टाढिन खोजिरहेको देखिन्छ । सलोनको भूमिका भने चुलबुले स्वभावको छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता राज लामा हुन् ।

सिनेमामा आकाश, सलोन र रेखाका अलवा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय छ । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा सुशील पंगेनीको लेखन तथा निर्माण रहेको छ । प्रमोद कुमार तामाङ र महादेव शाह सिनेमाकको सह-निर्माता हुन् ।

सिनेमाको कथावस्तु बलियो रहेको दाबी गर्दै निर्देशक मगरले युवापुस्ताका दर्शकलाई विशेष मनपर्ने विश्वास व्यक्त गरेका छन् । सिनेमामा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, तारा प्रकाश लिम्बू तथा किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज तथा सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।