‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक, भगवान शिव अवतारमा अक्षय

‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक, भगवान शिव अवतारमा अक्षय

द सिनेमा टाइम्स
476
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा ‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलर बुधबार नै सार्वजनिक गर्ने तयारी निर्माण कम्पनिको थियो तर बलिउडका कला निर्देशक नितिन देसाईको निधनको कारण कार्यक्रम स्थगित भयो ।

सिनेमामा अक्षय कुमारका अलवा पंकज त्रिपाठी, यामी गौतम र अरुण गोविलको पनि मुख्य भूमिका रहेको छ । अमित रायद्वारा लिखित तथा निर्देशित सिनेमा कमेडी-ड्रामा सिनेमा सन् २०१२ मा रिलिज भएको ‘ओ माइ गड’को दोस्रो श्रृंखला हो ।

सिनेमाले भगवान शिवका कट्टर भक्त कान्ति शरण मुद्गलको कथा पेश गर्छ । सामान्य परिवारको मानिस, मायालु बुवा र हेरचाह गर्ने पतिको भूमिकामा पंकज त्रिपाठी छन् । एक दिन उनको छोरा विवेकलाई अनैतिक व्यवहारको आरोप लगाइन्छ र स्कुलबाट निकालिन्छ ।

त्यसपछि कान्तिले थाहा पाउँछन् कि उनको छोरो गलत सूचनाको सिकार भएको छ र गलत मार्गमा गएको छ । कान्तिले परिवारसँग सहर छोड्ने निर्णय गर्छन्, तर भगवान शिव (अक्षय कुमार) ले उनीहरुलाई सत्य मार्गतर्फ र्डोयाउन मद्दत गर्छन् । त्यसपछि कान्तिले सबैलाई जिम्मेवार ठहराउँदै अदालतमा बोलाउने निर्णय गर्छ ।

सिनेमा लामो समयदेखि सेन्सर बोर्डमा अड्किएको थियो । तीन दिनअघि केही दृश्य परिमार्जन गर्ने गरी सिनेमाको सेन्सर पास गरिएको थियो । सिनेमाले एडल्ट सर्टिफिकेट पाएको छ र २७ वटा दृश्यमा परिमार्जन गर्न भनिएको छ । सिनेमाको कथावस्तु समलैंगिकतामा आधारित छ र यसमा भगवान शिवको पात्र पनि भएकाले सिनेमा जाँच समितिले गम्भीरतापूर्वक लिएको थियो ।

‘ओ माइ गड २’ साउन २६ अर्थात् अगष्ट ११ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । यही मितिमा सनी देओल र अमिषा पटेलको मुख्य भुमिका रहेको सिनेमा ‘गदर २’ पनि रिलिज हुँदैछ । ‘गदर २’ सन् २००१ मा रिलिज भएको सिनेमा ‘गदर : एक प्रेम कथा’को सिक्वेल हो ।