भुवन चैत्य बसुन्धारा पुरस्कारबाट यादव खरेलदेखि नीर शाहसम्म सम्मानित

भुवन चैत्य बसुन्धारा पुरस्कारबाट यादव खरेलदेखि नीर शाहसम्म सम्मानित

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुवन चैत्य बसुन्धारा फाउण्डेसनले २०७८ र २०७९ को पुरस्कार एकसाथ वितरण गरेको छ । आइतबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच सञ्चारमन्त्री रेखा शर्माले सिनेमाकर्मी र संगीतकर्मीलाई भुवन चैत्य बसुन्धारा पुरस्कारबाट सम्मानित गरेकी हुन् ।

सिभिल सेभिङ सहकारीमा फाउण्डेसनको १५ लाख रुपैयाँ फसेपछि दुई वर्षदेखि पुरस्कार वितरण हुन सकेको थिएन । २०७८ सालको हरिश-भुवनचन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको पुरस्कार कलाकार नीर शाहलाई प्रदान गरियो ।

यसैगरी संगीतकर्मी गणेश रसिकले ०७८ साल र अभिनेता शिव श्रेष्ठले ०७९ सालको चैत्यदेवी पुरस्कार प्राप्त गरे । यस्तै, अभिनेत्री मिथिला शर्मा ०७८ साल र अभिनेत्री शर्मिला मल्ल ०७९ सालको चेतनारायण-बसुन्धरा भुसाल पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कारको राशी जनही एकाउन्न हजार रहेको छ ।

कार्यक्रममा विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष मोहन निरौला, रमेश बुढाथोकी, कृष्ण मल्ल, चेतन सापकोटा, करिश्मा मानन्धर, आकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो । भुवन चैत्य बसुन्धारा फाउण्डेसन २०७५ सालमा स्थापना भएको हो । भुवन थापा चन्द यस फाउण्डेसनकी अध्यक्ष हुन् ।