सलोन र केकी अभिनित ‘जय हो’को ट्रेलर सार्वजनिक

सलोन र केकी अभिनित ‘जय हो’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
1.1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

निर्माताद्धय सुरज ल्वागुन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत र आमेष भण्डारी लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा सिनेमाको ट्रेलर रिलिज कार्यक्रम गरिएको हो । अभिनेता सलोन बस्नेत जय हो प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा सिनेमाको ट्रेलर रिलिज कार्यक्रम नेपालमा नभई रकडेलमा गरिएको उनीहरुले बताए ।

टेक पौरखी राईद्वारा निर्देशित सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।