पोस्टपोन्ड भयो गौरव र नम्रताको ‘नम्बरी सुन’, अब माघ १९ मा रिलिज हुने

पोस्टपोन्ड भयो गौरव र नम्रताको ‘नम्बरी सुन’, अब माघ १९ मा रिलिज हुने

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीद्वारा निर्देशित सिनेमा ‘नम्बरी सुन’को प्रदर्शन मिति परिर्वन गरिएको छ । आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब ५ महिना पछाडि धकेलिएको हो । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै आगामी माघ १९ गतेलाई सिनेमाको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको टिजर र एक गीत सार्वजनिक भैसकेको छ ।

नारायण खातीको शब्द रचना, कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, विनोद न्यौपाने, सविन बास्तोला, गीता अधिकारी लगायतको अभिनय छ । सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । हलमा रिलिजअघि देशका विभिन्न ठाउँमा सिनेमाको विशेष शो आयोजना गरिँदैछ ।

‘नम्बरी सुन’को निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् । सिनेमामा रामजी लामीछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन तथा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर रहेको छ ।