anmol jasita

रणवीरलाई लिएर फहरान अख्तरले घोषणा गरे ‘डन ३’

रणवीरलाई लिएर फहरान अख्तरले घोषणा गरे ‘डन ३’

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर सिंह पहिलो पटक डनको भूमिकामा देखिने भएका छन् । उनले हिट फ्रेन्चाइज ‘डन’को तेस्रो श्रृंखलामा मुख्य भूमिकामा काम गर्न लागेका हुन् । बुधबार टिजर सार्वजनिक गर्दै ‘डन ३’को औपचारिक निर्माण घोषणा गर्नुका साथै रणवीरले डनको भूमिका निर्वाह गर्ने जानकारी गराएको हो ।

निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टले सार्वजनिक गरेको टिजरमा रणवीर आकर्षक लुक्समा प्रस्तुत छन् । सिनेमालाई अभिनेता समेत रहेका फरहान अख्तरले निर्देशन गर्नेछन् । सुपरस्टार शाहरुख खानको मुख्य भूमिका रहेको ‘डन’को अघिल्लो दुई श्रृंखलालाई पनि फरहानले नै निर्देशन गरेका थिए ।

‘डन ३’ मा पनि साहरुख नै दोहोरिने चर्चा थियो । तर, यसपटक निर्माण टिमले रणवीरलाई डन बनाउन लागेको छ । यस सिनेमालाई निर्देशक अख्तर र रितेश सिधवानीले मिलेर निर्माण गर्नेछन् । सन् २०२५ मा रिलिजको तयारी गरिएको सिनेमामा रणवीरको अपोजिटका लागि अभिनेत्रीको टुंगो लागिसकेको छैन ।

‘डन’को पहिलो श्रृंखला सन् २००६ र सन् २०११ मा दोस्रो श्रृंखला प्रदर्शन भएको थियो । दुवै सिनेमा भारतीय बक्सअफिसमा सुपरहिट भएका थिए । सिनेमाका दुवै श्रृंखलामा शाहरुखको जोडी प्रियंका चोपडासँग बाँधिएको थियो । ‘डन ३’ को निर्माण घोषणासँगै शाहरुखका फ्यानले सामाजिक सञ्जालमा ‘नो एसआरके नो डन ३’ ट्रेण्ड चलाएका छन् ।