सपना र यथार्थको भागदौडमा कार्म र मेनुका अभिनित ‘महानगर’को ट्रेलर रिलिज

सपना र यथार्थको भागदौडमा कार्म र मेनुका अभिनित ‘महानगर’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स, काठमाडौं – मोहन राई निर्देशित सिनेमा ‘महानगर’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाका दुई पात्र कार्म र मेनुका प्रधानको वरिपरि घुमेको ट्रेलरमा महानगरको सपना र यथार्थलाई चित्रण गरिएको छ । आफ्नो सपना पूरा गर्न चार भञ्ज्याङ आएकी मेनुकाको कार्मसँग भेटपछि आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ ।

सानो घटनाका कारण सँगै रात बिताउन बाध्य दुई चरित्रको जीवनमा त्यस रातले ल्याएको परिवर्तनमा केन्द्रित भएर बनेको सिनेमामा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेलको पनि अभिनय छ ।

मिडलवे फिल्मस्ले माउन्टेन रिभर फिल्मस् र गो विन प्रोडक्सन्ससँग निर्माणमा सहकार्य गरेको सिनेमाका लेखक मोहन स्वयं हुन् । देश तथा विदेशका फेस्टिभलहरुमा सहभागी भएर केही अवार्ड जितेको आगामी भदौ ८ गतेबाट प्रदर्शन हुन लागेको हो ।

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा ‘महानगर’ पहिलो पटक प्रिमियर भएको थियो । ‘महानगर’मा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ । सिनेमाको कार्यकारी निर्माता गोविन्द पराजुली तथा नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर हुन् ।