anmol jasita

‘काजी’ बन्दै विपिन कार्की, बर्षा सिवाकोटीसँग बाँधिनेछ जोडी

‘काजी’ बन्दै विपिन कार्की, बर्षा सिवाकोटीसँग बाँधिनेछ जोडी

द सिनेमा टाइम्स
371
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्की नयाँ सिनेमा ‘काजी’मा अनुबन्धित भएका छन् । आगामी भाद्र अन्तिमबाट फ्लोरमा जाने सिनेमाको निर्माण टिमसँग बिहीबार अभिनेता कार्कीले औपचारिक रुपमा लिखित सम्झौता गरेका हुन् ।

सिनेमामा विपिन ‘काजी’को भुमिकामा देखिने छन् । सिनेमामा उनको जोडी अभिनेत्री बर्षा सिवाकोटीसँग बाँधिएको छ । उनी सिनेमाको मुख्य अभिनेत्रीको रुपमा केही समयअघि नै फाइनल भएकी थिइन् । उनले ‘काजी’को लागि दीपक वलीको निर्देशनमा निर्माण हुने सिनेमा ‘क्यामिनो’ समेत छोडेकी छन् ।

रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुने सिनेमालाई लक्ष्मण रिजालको निर्देशन गर्नेछन् । रामप्रसाद रिजाल निर्माता रहेको सिनेमामा विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको पनि अभिनय रहनेछ । सिनेमाको छायांकन करिब १ दशकअघिको बेलायती परिवेशमा गरिने जनाइएको छ ।

निर्माता रामप्रसाद रिजालको नयाँ सिनेमा ‘गणपति’ आगामी भदौ १४ गतेबाट प्रदर्शन हुँदैछ । गत वर्ष उनी निर्मित सिनेमा ‘डिसेम्बर फल्स’ प्रदर्शन भएको थियो । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले काजीको वितरण गर्नेछ । निर्माण अगावै आगामी चैत ३० गतेलाई सिनेमाको प्रदर्शन मिति समेत घोषणा गरिसकिएको छ ।