‘रावायण’मा शिल्पा र कामेश्वर अनुबन्धित

‘रावायण’मा शिल्पा र कामेश्वर अनुबन्धित

द सिनेमा टाइम्स
609
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘रावायण’मा थप दुई कलाकार अनुबन्धित भएका छन् । शुक्रबार निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरासियासँग लिखित सम्झौता गरेको हो ।

सिनेमाकी निर्मात्री सुप्रिया कटुवालले शिल्पा र कामेश्वरलाई टिममा स्वागत गर्दै फेसबुकमा तस्विर सेअर गरेकी छन् । आगामी भदौबाट छायांकन सुरु हुन लागेको सिनेमामा अनमोल केसीले दोहोरो भूमिका निवार्ह गर्दैछन् । उनको जोडी अभिनेत्री नीति शाहसँग बाँधिएको छ । उनीहरुले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् । उनले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु समेत गर्दैछिन् ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘छड्के २’को असफलतापछि करिअर र सिनेमा छनोटलाई लिएर अनमोल गम्भीर देखिएका छन् । सुदर्शन थापाको निर्देशन र पूजा शर्माको लगानी रहने एक सिनेमामा अघिल्लो बर्ष अनमोललाई अनुबन्धित गरिएको थियो । पछि विभिन्न कारणले उक्त सिनेमा बनेन् ।