‘गदर २’को ओपनिङ्ग बम्पर, दुई दिनमा ८३.१८ करोड कमाई

‘गदर २’को ओपनिङ्ग बम्पर, दुई दिनमा ८३.१८ करोड कमाई

द सिनेमा टाइम्स
588
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट भारतीय बक्सअफिसमा दुई सिनेमा ‘गदर २’ र ‘ओएमजी २’ प्रदर्शनमा आएका थिए । दुवै सिनेमाले बक्सअफिसमा राम्रो ब्यापार गरिरहेका छन् । अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा ‘ओएमजी २’को तुलनामा सन्नी देवलको मुख्य भुमिका रहेको सिनेमा ‘गदर २’ले उच्च ओपनिङ्ग लिएको छ ।

बलिउड ट्रेड एक्सपर्टका अनुसार राम्रो समीक्षाका कारण अक्षय कुमार अभिनित सिनेमा ‘ओएमजी २’ सोचे भन्दा राम्रो ओपनिङ्ग गरेतापनि अर्को सिनेमा सिनेमा ‘गदर २’को चेपुवामा परेको छ । सन्नी देवल अभिनित ‘गदर २’को अग्रीम टिकट नै २ लाख ५० हजारभन्दा बढि बिक्रि भएको थियो । भने, ‘ओएमजी २’को पचहत्तर हजार टिकट मात्रै अग्रीम बिक्रि भएका थिए ।

जसले गर्दा पहिलो दिन ‘गदर २’ले सन्नी देवलको करियर कै ठुलो ओपनिङ्ग ४०.१० करोड हुँदा ‘ओएमजी २’ले जम्मा १०.२६ करोड मात्रै ओपनिङ्ग गर्न सक्यो । दोस्रो दिन मिश्रित समीक्षाको प्रभावले गर्दा ‘गदर २’को कमाई यतावत रहँदा ‘ओएमजी २’को कमाई भने ५० प्रतिशतले बढेको बलिउड ट्रेड एक्सपर्टले बताएका छन् ।

दोस्रो दिन शनिबार अक्षय कुमारको सिनेमा ‘ओएमजी २’ले १५.३० करोडको व्यपार गर्दा सन्नी देवलको ‘गदर २’ले ४३.०८ करोडको मात्रै व्यापार गर्न सक्यो । आज शनिबार दुवै बलिउड सिनेमाले राम्रो व्यापर गर्ने विश्लेषण बलिउड ट्रेड एक्सपर्टको छ । ‘गदर २’ले दुई दिनमा ८३.१८ करोड कमाएको छ, भने ओएमजी २ ले २५.५६ करोड व्यापार गरेको छ ।

अनिल शर्मा निर्देशित सिनेमा ‘गदर २’लाई यस वर्षको दोस्रो ठूलो ओपनिङ मिलेको हो । यो बर्ष सबैभन्दा ठूलो ओपनिङ अभिनेता साहरुख खानको ‘पठान’लाई मिलेको थियो, जसको पहिलो दिनको कमाई नै ५७ करोड थियो । अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेल स्टारर सिनेमाले आइबार ४५ करोड कमाउने देखिन्छ ।

यस्तै, अक्षय, पंकज त्रिपाठी र यमी गौतम अभिनित तथा अमित राय निर्देशित सिनेमा ‘ओएमजी २’को आइतबारको कमाई २० करोड आसपासमा हुने देखिन्छ । बिहीबारबाट नै प्रदर्शनमा आएको दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनित सिनेमा ‘जेलर’ले समेत तामिल बक्सअफिसमा बम्पर ओपनिङ्ग गरेको छ ।