‘जय हो’ निर्माण टिमले काठमाडौं उपत्यकामा पोस्टर नटाँस्ने

‘जय हो’ निर्माण टिमले काठमाडौं उपत्यकामा पोस्टर नटाँस्ने

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘जय हो’ निर्माण टिमले काठमाडौंमा पोस्टर नटाँस्ने भएको छ । आइतबार सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेतले काठमाडौंको सुन्दरतालाई ध्यानमा राख्दै पोस्टर नटाँस्ने निर्णय गरेको बताए ।

निर्देशक बस्नेतले आफ्नो मात्र नभएर कुनैपनि सिनेमाका पोष्टर काठमाडौं उपत्यकामा नटाँस्न अनुरोध समेत गर्ने भएका छन् । ‘काठमाडौं सफा राख्नु सबै नागरिकको दायित्व हो’ बस्नेतले भने । सिनेमालाई अष्ट्रेलिया निवासी सुरज ल्वागन (सरकार) र राज के अधिकारीले निर्माण गरेका हुन् ।

टेक पौरखी राईद्वारा निर्देशित सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।