दयाहाङ र मिरुनालाई लिएर ‘घर ज्वाइँ’ निर्माण घोषणा, माघबाट छायांकन

दयाहाङ र मिरुनालाई लिएर ‘घर ज्वाइँ’ निर्माण घोषणा, माघबाट छायांकन

द सिनेमा टाइम्स
266
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहने सिनेमा ‘घर ज्वाइँ’को निर्माण घोषणा गरिएको छ । आगामी माघ दोस्रो साताबाट फ्लोरमा जाने सिनेमालाई अनिल बुढा मगरले निर्देशन गर्नेछन् ।

सिनेमाको निर्माण टिमले अभिनेता राईसँग केही समय पहिले नै सम्झौता भएपनि मुख्य अभिनेत्रीको रुपमा मिरुनासँग यही हप्ता फाइनल गरिएको जानकारी निर्माण टिमले दिएको छ । सिनेमामा उनीहरुको जोडी बाँधिने छ । सिनेमाको निर्माता जनक घर्ती मगर हुन् ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको सिनेमामा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा काउचाको पनि अभिनय रहनेछ । निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहेको सिनेमाको छायांकन रुकुममा हुनेछ । नामले नै सिनेमाको कथावस्तुबारे बुझाउने निर्माण टिमको दाबी छ । आरआर फिल्म्सले सिनेमालाई देशभर वितरण गर्नेछ ।