‘जय हो’ प्रचारको लागि कलेज डुल्दै सलोन, केकी र शोभित

‘जय हो’ प्रचारको लागि कलेज डुल्दै सलोन, केकी र शोभित

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टेक पौरखी राईको निर्देशनमा निर्माण भएको सिनेमा ‘जय हो’को प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम प्रचार-प्रसारको तीव्र दौडधुपमा छ । अहिले सिनेमा निर्माण टिम मुख्य कलाकारसहित कहिले विभिन्न मिडिया त कहिले विभिन्न कलेज पुगेर दर्शकलाई सिनेमा हेरिदिन आग्रह गरिरहेको छ ।

सिनेमाका मुख्य अभिनेता सलोन बस्नेत पनि सिनेमाको अष्ट्रेलिया प्रचार सकेर केहीदिन अघिमात्रै काठमाडौं फर्केका छन् । उनी सोमबार अभिनेत्री केकी अधिकारी र पिता तथा सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेतलाई लिएर जेभियर इन्टरनेशनल कलेज पुगेका थिए । जहाँ उनले आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा जय होको बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए ।

सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।