कमेडी र सेन्टिमेन्टको समिश्रण ‘गणपति’ ट्रेलर सार्वजनीक

कमेडी र सेन्टिमेन्टको समिश्रण ‘गणपति’ ट्रेलर सार्वजनीक

द सिनेमा टाइम्स
469
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सविन अधिकारीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ३ मिनेट लामो ट्रेलरले दर्शकमाझ कुतुहलता जगाउन सफल छ । सिनेमाको ट्रेलरमा निःसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

कमेडी र सेन्टिमेन्ट भरपुर रहेको सिनेमामा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानाका साथमा अथिति भूमिकामा अभिनेत्री बर्षा शिवाकोटीले अभिनय गरेकी छिन् । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको सिनेमाको ट्रेलरमा प्रायः सवै कलाकारलाई समेटिएको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमाको निर्मातामा लक्ष्मण रिजाल, कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सह-निर्मातामा सिनेमा सम्पादक बनिष शाह छन् । हरिबहादुर घलेले खिचेको सिनेमाका गीतमा अनिश अधिकारी, शंकर अधिकारी घायल, देबेन्द्र बब्बु, बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ ।

सिनेमा आगामी भाद्र १४ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । बिपीन मल्लले सम्पादन गरेको सिनेमाको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको सिनेमाको बितरण श्रीराम बालाजी फिल्मस् र एफडि कम्पनिले गर्दैछ ।