बलिउड अभिनेता अक्षय कुमारले लिए भारतीय नागरिकता

बलिउड अभिनेता अक्षय कुमारले लिए भारतीय नागरिकता

द सिनेमा टाइम्स
462
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता लिएका छन् । उनले मंगलबार ७७ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकता लिएका हुन् । यसअघि उनीसँग क्यानडाको नागरिकता र पासपोर्ट थियो ।

७७ औं स्वतन्त्रता दिवसको अवसरमा उनले भारतीय नागरिकता र पासपोर्ट लिएको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना, जय हिन्द ।’

हाल उनको अभिनय र निर्माण रहेको सिनेमा ‘ओएमजी २’ प्रदर्शन भैरहेको छ । सिनेमाले दर्शक र समीक्षक दुवैबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सिनेमाले भारतीय बक्सअफिसमा ४ दिनमै ५५ करोड बढिको व्यापार गर्न सफल भैसकेको छ ।