गोविन्द शाहीले खरिद गरे ‘ड्रिमगर्ल २’ र ‘घुमर’को नेपाल राइट्स

गोविन्द शाहीले खरिद गरे ‘ड्रिमगर्ल २’ र ‘घुमर’को नेपाल राइट्स

द सिनेमा टाइम्स
2.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लामो समयदेखि नेपाली सिनेमा निर्माण तथा वितरण गर्दै आइरहेका गोविन्द शाहीले अब विदेशी सिनेमा पनि नेपालमा रिलिजको सुरुवात गर्ने भएका छन् । उनले पहिलो पटक आगामी शुक्रबार अर्थात् १७ अगष्टबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने बलिउड सिनेमा ‘घुमर’को नेपाल प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

यो सिनमालाई आर बाल्कीले निर्देशन गरेका हुन् । सिनेमामा सावाना आज्मी, अभिषेक बच्चन, सायमी खेर र अंगद वेदीको मुख्य भुमिका रहेको छ । यस्तै, निर्माता शाही अर्को बलिउडल सिनेमा ‘ड्रिमगर्ल २’को नेपाल अधिकार पनि खरिद गरेका छन् ।

आगामी अगष्ट २५ तारिखबाट प्रदर्शनको तयारीमा रहेको सिनेमालाई राज सान्डियालले निर्देशन गरेका हुन् । यो सिनेमाको पहिलो शृङखलाले नेपालमा समेत राम्रो व्यापार गरेको थियो । त्यसैले पनि यो सिनेमाको नेपाल प्रदर्शन अधिकार लिएको वितरक शाही बताउँछन् । ‘अब मेरो कम्पनी काफिया फिल्मस्ले नेपालीसँग विदेशी सिनेमा पनि वितरण गर्नेछ’ वितरक शाहीले भने ।

‘ड्रिमगर्ल २’मा आयुष्मा खुराना, अनन्या पाण्डे, अन्नु कपुर, परेश रावल, अभिषेक बनर्जी, विजय राज, राजपाल यादव, मनोज जोशी र सिमा पौवा लगायतका कलाकारको अभिनय रहेको छ । बालाजी मोशन पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमाकी निर्माता एकता कपुर हुन् ।