‘ऐंचो पैंचो’ दर्शकले मन पराउने सिनेमा हो : कृषा चौलागाई

‘ऐंचो पैंचो’ दर्शकले मन पराउने सिनेमा हो : कृषा चौलागाई

द सिनेमा टाइम्स
371
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘ऐंचो पैंचो’ निर्देशक कृषा चौलागाईले एउटा मेकरको रोजाइको कथा लाखौं दर्शकले मन पराउनु सामान्य कुरा नभएको बताएकी छन् । सिनेमा निर्माणका क्रममा एकजनाको रोजाइको कथा लाखौं र करोडौंमा जाने भएकाले त्यससँग सबै सहमत हुन्छन् भनेर अपेक्षा राख्नु नै गलत भएको बताएकी छन् ।

करोडौंको विचार एउटै हुन्छ र मिल्छ भनेर सोच्नु नै गलत भएको उनको भनाइ छ । यद्यपि आफूहरुले यसपटक धेरै दर्शकले मन पाउने चलचित्र बनाएको उनले बताएकी छन् ।

‘यो सिनेमा सक्सेस भए पनि यहीँ रहन्छु । नभए पनि फेरि खुट्टा टेकेर उठ्छु । एकपटक फेलियर हुँदैमा यो क्षेत्रमा रहनु हुँदैन भन्ने छैन,’ ऐंचो पैंचो निर्देशक कृषा भन्छिन्, ‘मलाई कसैले रोक्न सक्तैन । यो मेरो निर्णय हो । सिनेमा सक्सेस हुन्छ अथवा हुँदैन कोही व्यक्ति विशेषमा छैन, दर्शकको हातमा छ ।’

आफू निर्मात्री हुँदादेखि नै निर्देशकीय कामलाई आफूले नजिकबाट नियाल्ने गरेको उनले बताएकी छन् ।

म वास्तवमा प्रोडुसर हुँदा पनि प्रोडुुसरको कुर्सीमा बसिरहँदा निर्देशकले सट लिँदा त्यसलाइ त्यसरी होइन यसरी लिँदा कस्तो हुन्छ भनेर सोच्थेँ, उनी भन्छिन्, ‘त्यसैले आफूले केही हेरेर र सहभागी भएर गरेको काम यसपटक आफैँ किन नगरौँ भनेर म निर्देशक भएको हुँ ।’ उनले दर्शकका लागि आफूहरुले राम्रो कन्टेन्ट तयार पारेको भन्दै दर्शक पनि सिनेमा हेर्न तयार हुनुपर्ने बताइन् ।

कृषा चौलागाईको निर्देशन रहेको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।