बक्सअफिसमा ‘गदर २’को सुनामी, ६ दिनमै कमायो २ सय ६१ करोड

बक्सअफिसमा ‘गदर २’को सुनामी, ६ दिनमै कमायो २ सय ६१ करोड

द सिनेमा टाइम्स
665
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सन्नी देवल र अभिनेत्री अमिषा पटेको मुख्य भुमिका रहेको सिनेमा ‘गदर २’ले बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको छ । सिनेमाको प्रदशनको ६ दिनमा नै २ सय ६१ करोड भारतीय रुपैंया बराबरको कमाई गरेको छ ।

बलिउड ट्रेड एक्सपर्ट तरण आर्दशका अनुसार सिनेमाले पहिलो दिन शुक्रबार ४०.१० करोड, दोस्रो दिन शनिबार ४३.०८ करोड, तेस्रो दिन आइतबार ५१.७० करोड, चौंथो दिन सोमबार ३८.७० करोड, पाँचौं दिन मंगलबार ५५.४० करोठ र छैंटो दिन बुधबार ३२.३७ करोडको व्यापार गरेको हो । सिनेमा आज बिहीबा पनि २५ देखि ३० करोडको आसपासमा व्यापार गर्ने अपेक्षा निर्माणन टिमको छ ।

अनिल शर्माको निर्देशनमा निर्माण भएको सिनेमा ‘गदर २’ बाट अभिनेता देवल र अभिनेत्री पटेलको दरिलो कमव्याक भएको छ । सिनेमामा निर्देशक शर्माका छोरा उत्कर्ष शर्मा र सिमरत कौर, मनिष वधवा, गौरव चोपरा र लभ सिंहको पनि अभिनय रहेको छ । जी स्टुडियोले निर्देशक शर्मासँग मिलेर ‘गदर २’ निर्माण गरेको हो ।

यस्तै, ‘गदर २’ सँगै प्रदर्शनमा आएको सिनेमा ‘ओएमजी २’ले पनि बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । यो सिनेमाले पनि ६ दिनमा ७९.४७ करोडको बक्सअफिस कलेक्सन गर्न सफल भएको छ ।