सुदर्शन थापाको निर्देशनमा बन्ने ‘रावायण’मा कलाकारको बलियो लाइनअप

सुदर्शन थापाको निर्देशनमा बन्ने ‘रावायण’मा कलाकारको बलियो लाइनअप

सिनेमाका लागि अझै केही कलाकार छनोटको चरणमा रहेको निर्मात्री सुप्रिया कटुवालले बताइन् ।

द सिनेमा टाइम्स
6.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘रावायण’मा अभिनेता प्रमोद अग्रहरी पनि अनुबन्धित भएका छन् । उनीसँग केहीदिन अघि निर्माण टिमले औपचारिक रुपमा लिखित सम्झौता गरेको थियो । उनको प्रवेशसँगै सिनेमामा कलाकारको लाइनअप बलियो बनेको छ ।

सिनेमामा अनमोल केसी, नीति शाह, कामेश्वर चौरासिया, शिल्पा मास्के यसअघि नै सिनेमाको मुख्य भुमिकामा अनुबन्धित भैसकेका छन् । सिनेमाका लागि अझै केही कलाकार छनोटको चरणमा रहेको निर्मात्री सुप्रिया कटुवालले बताइन् ।

लभस्टोरी सिनेमामा आफ्नो अब्बल छाप छोडेका निर्देशन सुदर्शन थापा यतिवेला आगामी भाद्रबाट फ्लोरमा जाने सिनेमा ‘रावायण’को प्रि-प्रोडक्सनमा व्यस्त छन् । उनले सिनेमाका लागि मुख्य कलाकारको बलियो लाइनअप तयार पारेका छन् । निर्देशक थापा गत बैशाख १५ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रसाद २’ पछि ‘रावायण’ निर्देशनको तयारीमा जुटेका हुन् ।

सिनेमामा सुपरस्टार अनमोल केसी पहलो पटक दोहोरो भुमिकामा काम गर्दैछन् । उनको जोडी अभिनेत्री नीति शाहसँग बाँधिएको छ । उनीहरुले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् । उनले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु समेत गर्दैछिन् ।

एक्सन लभस्टोरी जनरामा निर्माण हुने सिनेमा सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुनेछ । सिनेमाको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्धन्द्व निर्देशन, विक्रम स्वारको कोरियोग्राफी रहने सिनेमामा पुष्कर लामा प्रोडक्सन डिजाइनर तथा सुदीप ढकालले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन् ।

सिनेमाको बलियो लाइनअप बनेसँगै डिजिटल राइट्स र विदेश राइट्स खरिदको लागि अफरहरु धेरै आउन थालेको जानकारी हामीलाई प्राप्त भएको छ । निर्माण घोषणासँगै सिनेमा बजारमा ‘रावायण’को चर्चा चुलिएको छ ।