सलोनको स्वरमा ‘जय हो’को तेस्रो गीत ‘सपनाको वेडिङ्ग’ रिलिज

सलोनको स्वरमा ‘जय हो’को तेस्रो गीत ‘सपनाको वेडिङ्ग’ रिलिज

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘जय हो’को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘सपनाको वेडिङ्ग’मा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् ।

सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर स्वयंम अभिात बस्नेतले नै दिएका छन् । रोमान्टिक फ्लेवरमा तयार पारिएको गीतको अडियो र भिडियो औषत मात्रै सुन्न र हेर्न सकिन्छ । सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकको मन जितेकाले पनि अभिनेता बस्नेत आफैले तयार पारेको गीतबाट निर्माण टिम अझै आशावादी देखिन्छ ।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।