झरना थापा निर्देशित ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक

झरना थापा निर्देशित ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक

टिजर सार्वजनीक अभिनेता विपिन कार्कीको ट्रान्सजेन्डर लुक्स चर्चाको शिखरमा छ । उनको कमलामाई अवतारले सिनेमा बजरमा एकखालको तरंग ल्याएको छ ।

द सिनेमा टाइम्स
266
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ ।

शुक्रबार सार्वजनिक सिनेमाको ‘क्यारेक्टर लुक्स’ पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत छन् । पोस्टरमा धिरज गुरुङ पहिरनमा चित्रित छन् । यसबाट उनको चरित्र गुरुङ समुदायको रहेको बुझ्न सकिन्छ । सुहानाको लुक्स र गेटअपले भने मधेशी समुदायको झल्को दिन्छ । त्यस्तै, पोस्टरमा विपिन कार्की ट्रान्सजेन्डर लुक्समा प्रस्तुत छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कथा निर्देशक झरना थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।

झरना थापाले निर्देशन गरेको सिनेमाको छायांकन सुरु हुँदा नाम ‘भगवत् गीता’ मात्र राखिएको थियो । पछि मात्रै नामको अगाडी ‘एक’ थपेर केही समय अघि सिनेमाको टिजर सार्वजनिक गरिएको थियो । टिजर सार्वजनीक अभिनेता विपिन कार्कीको ट्रान्सजेन्डर लुक्स चर्चाको शिखरमा छ । सिनेमाको टिजर सार्वजनीक भएपछि उनको कमलामाई अवतारले सिनेमा बजरमा एकखालको तरंग ल्याएको छ ।

सिनेमाको प्रचारको आरम्भ पोस्टरबाट गरिएको निर्माता सुनिल कुमार थापाले बताए । झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनको चौंथो निर्देशकिय सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।