शुक्रबारबाट प्रदर्शनमा आए ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

शुक्रबारबाट प्रदर्शनमा आए ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट दुई नेपाली सिनेमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा विना प्रचार-प्रसार प्रदर्शनमा आएका छन् । आजबाटयी दुई सिनेमा हलमा लाग्दैछन् भन्ने नै दर्शकलाई थाहा छैन् । दुवै सिनेमाका निर्माताले प्रचारमा रुचि देखाएनन् ।

‘जुलेबी’ले थोरबहुत प्रचार त र्गयो तर प्रभावविहीन देखियो । सिनेमाको दर्शकप्रति कुनै चार्म नै नदेखेर होला मल्टिप्लेक्स हलले शो नै निकै कम दिएका छन् । अझै आकाश श्रेष्ठको ‘हिँड्दा हिँड्दै’ले त मल्टिप्लेक्स हलमा शो नै पाएन् । ट्रेलर, टिजर, पोस्टर र गीतले पनि सिनेमाको अलिकती प्रचार गर्छन् । दर्शकलाई हलसम्म तान्ने शक्तिशाली हतियारको रुपमा रहेका गीतसंगीत र ट्रेलर लगायतका सामाग्रीले सिनेमाप्रति आकर्षण बढाउन नसकेको प्रष्ट देखिन्छ ।

दुवै सिनेमाको युट्युबमा सार्वजनिक प्रायः कन्टेन्टको भ्यूज एउटा साधारण म्यूजिक भिडियोको जत्ति पनि छैन । ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रचार सामाग्रीमा पनि चुकेको देखिन्छ । अब यी सिनेमाको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ । तर, हलमा सिनेमा प्रदर्शन भएको समेत थाहा नभएका कारण दर्शकबाट सकारात्मक वर्ड माउथको अपेक्षा गर्न पनि नसकिने देखिन्छ ।

अहिले नेपाली हलमा बलिउड सिनेमा ‘गदर २’, ‘ओएमजी २’, ‘जेलर’, ‘रकी और रानीकी प्रेम कहानी’ जस्ता सिनेमाले एक छत्र राज गरिरहेका छन् । जसले गर्दा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ मल्टीप्लेक्सहरुमा चेपुवामा परेका छन् । दुईवटै सिनेमालाई न्यून शो दिएका छन् । सिनेमाको हाइप र प्रचारको आधारमा पनि मल्टीप्लेक्सले शो बाँड्ने गर्छन् । यी दुवै हिसाबले शुक्रबारे सिनेमा कमजोर निस्कँदा न्युन शोमा सिमित भएका हुन् ।

मिलन आले मगरद्वारा निर्देशित ‘हिँड्दा हिँड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकारमा अर्विन थिङ्गको अभिनय रहेको छ । त्यस्तै, गणेशदेव पाण्डेको निर्देशन रहेको ‘जुलेबी’मा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायत कलाकारले अभिनय गरेका छन् ।