अष्ट्रेलियामा सलोन र केकीको जय होलाई ८७ शो

अष्ट्रेलियामा सलोन र केकीको जय होलाई ८७ शो

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको अभिनेता ‘जय हो’ नेपालसँगै अष्ट्रेलियामा पनि एकसाथ प्रदर्शन हुँदैछ । सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा नेपालका केही मल्टीप्लेक्सहरुले मंगलबारबाटै सिनेमाको अग्री टिकट बुकिङ खुलाइसकेका छन् ।

आज बुधबार साँझसम्म नेपालमा सवै मल्टिप्लेक्स हलले शो बाँडफाँड गर्नेछन् । सिनेमाको चर्चा र स्टारकास्टलाई मध्यनजर गर्दै मल्टीप्लेक्सहरुले सुखद शो बाँड्न सक्ने देखिन्छ । नेपालमा फिल्मले प्राप्त गर्ने शो यकिन नभैसकेको अवस्थामा अष्ट्रेलियामा भने ८७ शोसहित रिलिज हुने निश्चित भएको छ ।

नमस्ते इन्टरटेनमेन्टका सञ्चालक देव कार्कीले अष्ट्रेलियाको न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेर गरी ८ शहरका हलमा सिनेमा प्रदर्शन गर्न लागेको हो । केही हप्ता अगाडि सलोन सिनेमाको प्रचारका लागि अष्ट्रेलिया पुगेका थिए ।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।