सन्नी र अमीषाको ‘गदर २’ ले १२ दिनमै कमायो ४०० करोड

सन्नी र अमीषाको ‘गदर २’ ले १२ दिनमै कमायो ४०० करोड

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सन्नी देवल र अभिनेत्री अमीषा पेटेलको मुख्य भुमिका रहेको सिनेमा ‘गदर २’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । सिनेमाले प्रदर्शनको १२ दिनमा नै ४०० करोड क्लबमा प्रवेश गरेको हो । केहीअघि सिनेमाका निर्माता तथा निर्देशक अनिल शर्माले मुम्बईमा सफलताको खुशी समेत साटेका थिए ।

सन् २००१ को सुपरहिट सिनेमा ‘गदर’को कथाको निरन्तरताको रुपमा तयार भएको ‘गदर २’को ओपनिङ कलेक्सन नै बम्पर भएको थियो । ४० करोडको ओपनिङ गरेको सिनेमाले प्रदर्शनको ३ दिनमा सय करोड, ५ दिनमा २ सय करोड, ८ दिनमा ३ सय करोड र १२ दिनमा ४ सय करोडको आँकडा छोएको हो ।

बलिउड ट्रेड एक्सपर्टहरुले सिनेमाले ५ सय करोड क्लबमा आफ्नो महत्त्वपूर्ण यात्रा सुरु गरेको बताएका छन् । सिनेमा रिलिज पहिला सफलतालाई लिएर विभिन्न आशंका उब्जिएका थिए । तर, सिनेमाले बलिउडलाई नै ‘सरप्राइज’ दिएको छ । सिनेमामा उत्कर्ष शर्मा, सिमरत कौर, मनिष वधवा, गौरव चोपरा र लभ सिंहलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

‘गदर २’सँगै प्रदर्शनमा आएको अक्षय कुमार र पंकज त्रिपाठी अभिनीत सिनेमा ‘ओएमजी २’ले पनि सय करोडको आँकडा पार गरिसकेको छ । सिनेमाले प्रदर्शनको १२ दिनसम्ममा १ सय २० करोडमाथिको कमाई गरेको बलिउड मिडियाले उल्लेख गरेका छन् । ‘ओएमजी २’को ‘वर्ड अफ माउथ’ राम्रो छ । यी दुई सिनेमाले बलिउडको व्यापारलाई नयाँ दिशा दिएको विश्लेषण भैरहेको छ ।