शुक्रबारबाट प्रदर्शनमा आए ‘जय हो’ र ‘महानगर’

शुक्रबारबाट प्रदर्शनमा आए ‘जय हो’ र ‘महानगर’

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट दुई नेपाली सिनेमा ‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा आएका छन् । ‘जय हो’ले बुधबार आयोजित प्रिमियर शोमा मिश्रित प्रतिक्रिया पाएपनि सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म सुखद शो पाएको छ ।

आजै शुक्रबारबाट कार्म र मेनुका प्रधानको मुख्य भुमिका रहेको सिनेमा ‘महानगर’ न्युन शो सङ्ख्या सहित प्रदर्शनमा आएको हो । सिनेमाले प्रदर्शन अगावै देश विदेशका विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सिनेमा महोत्सवमा थुप्रै अवार्ड जितेकाले पनि निर्माण टिमलाई दर्शकको वर्ड अफ माउथ आश छ ।

प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाको प्रभाव पनि व्यापारमा पर्नेमा निर्माण टिम विश्वस्त छ । कमेडी-लभस्टोरी जनरामा निर्माण भएको सिनेमाका निर्देशक टेक पौरखी राई हुन् ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको पनि अभिनय छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छन् । यो सिनेमामा सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन तथा सुरेश न्यौपानेको लेखन छ ।

त्यस्तै, मोहन राईद्वारा निर्देशित ‘महानगर’मा कार्म, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायतको अभिनय छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई पात्रको जीवनमा त्यो रातले ल्याएको परिवर्तनमा सिनेमा कथा केन्द्रित छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको सिनेमाको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् ।