सेन्सर पास भयो ‘ऐंचो पैंचो’, सेन्सर पदाधिकारी मन पर्यो सिनेमा

सेन्सर पास भयो ‘ऐंचो पैंचो’, सेन्सर पदाधिकारी मन पर्यो सिनेमा

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’ सेन्सर पास भएको छ । कृषा चौलागाई निर्देशित सिनेमालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । अब सवै समुहका दर्शकले सजिलै सिनेमा हेर्न सक्नेछन् ।

सिनेमाको निर्माण टिम अहिले व्यापक प्रचार-प्रसारमा लागेको छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्री गीत संगीत, ट्रेलर तथा टिजरले दर्शमाझ राम्रो हाइप बनाएकाले पनि सिनेमाबाट निर्माण टिम आशावादी छ । जसले गर्दा सिनेमाको निर्माण टिम कलाकार सहित हरेक दिन कुनै न कुनै कार्यक्रममा पुगेर सिनेमाको प्रचार गरिरहेको हो ।

यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेकी निर्मात्री कृषा चौलागाई धेरै भन्दा धेरै दर्शकलाई हलसम्म तान्न अहिले व्यापक प्रचारमा लागेको बताउँछिन् । बिहीबार सेन्सरमा सिनेमा हेरेका अधिकांशले सिनेमालाई राम्रो प्रतिक्रिया दिएकाले पनि सिनेमा बक्सअफिसमा सफल हुने विश्वास उनको छ ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ।