राष्ट्रिय सिनेमा पुरस्कार भारतमा अल्लु अर्जुन सर्वोत्कृष्ट अभिनेता, आलिया र कृति सर्वोउत्कृष्ट अभिनेत्री

राष्ट्रिय सिनेमा पुरस्कार भारतमा अल्लु अर्जुन सर्वोत्कृष्ट अभिनेता, आलिया र कृति सर्वोउत्कृष्ट अभिनेत्री

द सिनेमा टाइम्स
721
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार भारत सरकारले ६९ औं राष्ट्रिय सिनेमा पुरस्कारको घोषणा गरेको छ । सन् २०२१ र २०२२ मा रिलिज भएका सिनेमालाई समावेश गर्दै विजयीहरुको घोषणा गरिएको हो ।

‘गंगुबाई कठियावाडी’ र ‘मिमी’बाट आलिया भट्ट र कृति सेननले क्रमशः सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । भने, दक्षीण भारतीय सिनेमा ‘पुष्पा ः द राइज’बाट अल्लु अर्जुनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारे ।

‘रकेट्री : द नाम्बी इफेक्ट’ सर्वोत्कृष्ट कथानक सिनेमा घोषणा भयो । सर्वश्रेष्ठ डेब्यु निर्देशकको अवार्ड सिनेमा ‘मेप्पडियन’ले प्राप्त गर्यो । ‘आरआरआर’ सर्वश्रेष्ठ लोकप्रिय सिनेमा घोषणा हुँदा ‘द कश्मीर फाइल्स’लाई राष्ट्रिय अखण्डता कायम गर्न योगदान दिएको भन्दै नर्गिस दत्त अवार्ड प्रदान गरियो ।

सिनेमा ‘अनुनाद’ सर्वश्रेष्ठ सामाजिक सिनेमा घोषणा भयो । वातावरण संरक्षणतर्फ ‘आवासाव्यूहम’ सर्वोत्कृष्ट सिनेमा घोषणा भयो । ‘गान्धी एण्ड को’ उत्कृष्ट बाल सिनेमा, ‘गोदावरी’बाट निखिल महाजन सर्वोत्कृष्ट निर्देशक अवार्ड उचाले ।

बलिउड अभिनेता पंकज त्रिपाठी सिनेमा ‘मिमी’बाट सर्वोत्कृष्ट सहायक अभिनेता बन्दा ‘द कश्मीर फाइल्स’बाट पल्लवी जोशी सर्वोत्कृष्ट सहायक अभिनेत्री घोषित भइन् । भारतबाट गत वर्ष ओस्कारमा सिफारिस भएको सिनेमा ‘द लास्ट शो’का भविन रावरीले सर्वोत्कृष्ट बालअभिनेताको अवार्ड उचाले ।

‘आरआरआर’मा समावेश गीत ‘कोमुराम भीमुडो’बाट काल भैरव सर्वोत्कृष्ट पाश्र्व गायक घोषित भए । सर्वश्रेष्ठ छायांकन विधामा ‘सरदार उद्यम’का अविक मुखोपाध्याय विजयी बने । सर्वश्रेष्ठ पटकथातर्फ ‘नायट्टु’बाट शाही कविर उत्कृष्ट बने । एडप्टेड पटकथातर्फ गंगुबाई कठियावाडीका सञ्जयलीला भन्साली र उत्कृषिती वशिष्ठ उत्कृष्ट घोषित भए ।

उत्कृष्ट संवाद लेखन, सम्पादन र मेकअप आर्टिस्ट विधाको अवार्ड पनि गंगुबाई कठियावाडीले जित्यो । ‘सरदार उद्यम’ले कस्ट्युम डिजाइनर र प्रोडक्सन डिजाइनको विधा जित्यो । उत्कृष्ट संगीत निर्देशन विधामा ‘पुष्पा’बाट देवीश्री प्रसाद र पाश्र्व ध्वनिमा आरआरआरबाट एमएस कीरावाणी विजयी घोषित भए ।

‘शेरशाह’ले स्पेसल जुरी अवार्ड प्राप्त गर्यो । आरआरआरले उत्कृष्ट नृत्य निर्देशन, भिजुअल इफेक्ट र द्वन्द्व निर्देशनको विधामा पनि अवार्ड जित्यो । यसबाहेक विभिन्न राज्यका सिनेमालाई पनि राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो ।