‘महाजात्रा’ चैत ९ मा रिलिज हुने, थपिए हरिवंश

‘महाजात्रा’ चैत ९ मा रिलिज हुने, थपिए हरिवंश

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराईको निर्देशन रहने सिनेमा ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माण पक्षले आज सिनेमाको रिलिज डेट घोषणा गरेको हो ।

निर्देशनसँगै लेखन पनि प्रदीप भट्टराईको रहने सिनेमाको मुख्य भूमिकामा विपीन कार्की रहने निर्माण पक्षले जनाएको छ । विपीनसँगै रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य लगायतका कलाकारको अभिनय रहने छ । यो सिरिजमा हरिवंश आचार्य थपिएका छन् ।

षड्कोण आर्टसको ब्यानरमा बन्ने सिनेमाको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ छन् । दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेल निर्माता रहनेछन् ।

‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि निर्माण पक्षले ‘महाजात्रा’ निर्माण गर्न लागेको हो । यी दुवै सिनेमा बक्सअफिस र समीक्षाका हिसावले सफल भएका थिए ।