‘एक भगवत् गीता’को प्रचार सुरु

‘एक भगवत् गीता’को प्रचार सुरु

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को प्रचार प्रसार सुरु गरिएको छ । शनिबार सिटी सेन्टरमा आयोजित ३६० टिकटकमा फ्यानसँगसिनेमाको गीत ‘मायालाई चिनो’मा टिकटक बनाउँदै सिनेमाको प्रचार सुरु गरिएको निर्माता सुनिल कुमार थापाले बताए ।

शनिबार सिटी सेन्टरमा निर्माता थापा, निर्देशन तथा अभिनेत्री झरना थापा, अभिनेत्री सुहाना थापा, बाल कलाकारहरु जेविस र जेविन श्रेष्ठ र वितरक गोविन्द शाही लगायतले ३६० मा टिकटक बनाएर सिनेमाको प्रचार गरेका थिए । निर्देशक तथा अभिनेत्री थापाले ‘एक भागवत् गीता’ आफ्नो करियरकै महत्वपूर्ण सिनेमा भएकाले पनि व्यापक प्रचारमा लागेको बताइन् ।

 

गत बिहीबार रिलिज गीतकार शंकर अधिकारी घायलको शब्द रचना रहेको गीतमा बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर रहेको गीतले अहिले विस्तारै दर्शकको मन जितिरहेको छ । अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा धिरज र सुहानाका अलवा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।

सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।