राजकुमार सन्तोषीको निर्देशनमा कमब्याक गर्दै आमिर, २०२४ को क्रिसमसमा रिलिज

राजकुमार सन्तोषीको निर्देशनमा कमब्याक गर्दै आमिर, २०२४ को क्रिसमसमा रिलिज

द सिनेमा टाइम्स
665
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता आमिर खानको ठुलो पर्दामा कमब्याक पक्का भएको छ । राजकुमार सन्तोषीको निर्देशनमा निर्माण् हुने सिनेमा सन् २०२४ को क्रिसमसमा रिलिज हुने पक्का भएको पिंक भिल्लाले जनाएको छ ।

‘लाल सिंह चड्डा’ बक्स अफिसमा पूर्णत: असफल भएपछि आमिरले अभिनयबाट केही समयका लागि विश्राम लिएका थिए । उनको आगामी सिनेमा ‘लक्ड’ भएको समाचारमा उल्लेख छ । अब भने दर्शकले आमिरको नयाँ सिनेमालाई सन् २०२४ को डिसेम्बर २० मा हेर्न पाउनेछन् । यो बाहेक अन्य सिनेमाका लागि पनि उनले काम गरिरहेका छन् ।

आमिर खान प्रोडक्सनले निर्माण गर्ने यो सिनेमा उनको होम प्रोडक्सनको १६ औं सिनेमा हुनेछ । यो सिनेमा अहिले प्रि-प्रोडक्सन चरणमा छ । सन् २०२४ को जनवरीमा छायांकन सुरु हुने तयारी छ । यसबाहेक आमिरले स्पेनी सिनेमा ‘क्याम्पियोन्स’को हिन्दी रिमेक पनि बनाउनेछन् । उनले ‘जय जय जय हे’को रिमेक, प्रीतम प्यारे, लपता लेडीज र लभ टुडेको निर्माण पनि गरिरहेका छन् ।

हालै उनले उज्वल निकमको बायोपिक निर्माण गर्न म्याडक फिल्म्सका दिनेश विजनसँग हात मिलाइरहेको खबर आएको थियो । जबकि ‘क्याम्पियन्स’ (शीर्षक च्याम्पियन्स) बनाउन उनले फरहान अख्तरसँग सहकार्य गर्नेछन् ।