सबिन कुमार तोलाङ्गीको ‘ह्वाइट हाउस’मा रमेश, आँचल र गरिमा अनुबन्धित

सबिन कुमार तोलाङ्गीको ‘ह्वाइट हाउस’मा रमेश, आँचल र गरिमा अनुबन्धित

द सिनेमा टाइम्स
1.1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सबिन कुमार तोलाङ्गीको निर्देशनमा निर्माण हुने सिनेमा ‘ह्वाइट हाउस’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । उनी र निर्माण टिमबीच सोमबार लिखित सम्झौता भएको हो ।

यो सिनेमाको मुख्य अभिनेताको रुपमा केही समयअघि नै अभिनेता रमेश उप्रेती अनुबन्धित भैसकेका छन् । भने, अर्की मुख्य अभिनेत्रीको रुपमा अभिनेत्री गरिमा शर्मा केही समय पहिले नै सिनेमामा अनुबन्धित भैसकेकी थिइन् । अहिले निर्माण टिम अर्को एक मुख्य अभिनेताको खोजी गरिरहेको छ ।

सिनेमाको कलाकार छनोटसँगै निर्देशक तोलाङ्गीको सिनेमाको कथालाई पटकथा तथा संवादमा ढालिरहेका छन् । धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको सिनेमाको तिहारपछि अष्ट्रेलियाबाट छायांकन सुरु गरिनेछ । हाललाई वर्किङ टाइटल ‘ह्वाइट हाउस’ राखिएपनि अन्तिममा नाम ‘राज महल’ हुन सक्ने निर्देशक सबिन बताउँछन् ।

कथावस्तु महत्वपूर्ण रहेकाले आफू खेल्न राजी भएको अभिनेत्री शर्माले बताइन् । राजदरबार घटनाको केही अंश सिनेमाको कथावस्तुमा पनि समावेश गरिएकाले पनि आफु सिनेमा गर्न राजी भएको उनको भनाई छ । सिनेमाका दर्शकले आँचल शर्मालाई दमदार भुमिकामा देख्न पाउने दाबी निर्माण टिमको छ ।

सिनेमाको नेपालमा पनि छायांकन गरिनेछ । आँचलले ‘ह्वाइट हाउस’ अगाडी मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पञ्चामृत’को छायांकन सक्काउने छिन् ।