बिहीबारबाट प्रदर्शनमा आए दुई नेपाली सिनेमा ‘ऐंचो पैंचो’ र ‘गणपति’

बिहीबारबाट प्रदर्शनमा आए दुई नेपाली सिनेमा ‘ऐंचो पैंचो’ र ‘गणपति’

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार जनै पूर्णिमाको अवसरमा दुई नेपाली सिनेमा ‘ऐंचो पैंचो’ र ‘गण्पति’ प्रदर्शनमा आएका छन् । बुधबार आयोजित प्रिमियरमा पाएको राम्रो प्रतिक्रिया र व्यापक प्रचारले गर्दा ‘ऐंचो पैंचो’ले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । ‘काले केटाले’ गीतको लोकप्रियताका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’मा नाम चलेका कलाकारहरुको लाइन छ ।

स्टार कास्ट र आक्रामक प्रचारले गर्दा मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘ऐंचो पैंचो’ उच्च शो दिएका छन् । बिहीबार जनै पूर्णिमाको विदाले गर्दा हलसम्म राम्रो दर्शक तान्ने अपेक्षा निर्माण टिमलाई छ । साथै, दर्शकको वर्ड अफ माउथ राम्रो मिलेको खण्डमा भोली शुक्रबारबाट शो सङ्ख्यामा बृद्धि हुनुका साथै व्यापार पनि बढ्ने निश्चित छ ।

सिनेमा निर्माणको लामो अनुभवपछि ‘ऐंचो पैंचो’बाट कृषा चौलागाईले निर्देशकीय यात्रा सुरु गरेकी छन् । सिनेमामा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय रहेको छ । सिनेमामा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन छ ।

यता बिहीबार बाटै प्रदर्शनमा आएको अर्को सिनेमा ‘गणपति’ले पनि सुखद् शो पाएको छ । एक गीतले टिकटकमा चर्चा बटुलेकाले पनि निर्माण टिमलाई सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा छ । आजबाट प्रदर्शनमा आएका दुवै सिनेमा अभिनेता मुकुन भुषाल र राजराम पौडेल नै मुख्य भुमिका देखिएका छन् ।

सबिन अधिकारीको निर्देशन रहेको सिनेमामा मुकुन र राजारामका अलवा मेनुका प्रधान, सूर्यमाला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेललगायतको अभिनय छ । सिनेमाको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल र निर्मातामा लक्ष्मण रिजाल रहेका छन् । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमा कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सह-निर्मातामा सम्पादक बनिष शाह छन् ।