शाहरुख खान अभिनित ‘जवान’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

शाहरुख खान अभिनित ‘जवान’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खानको मुख्य भुमिका रहेको सिनेमा ‘जवान’को प्रदर्शनको एक हप्ताअघि ट्रेलर सार्वजनिक गरिएको छ । शाहरुखले बिहीबार दुबईबाट ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक गरेका छन् । भीएफएक्स र ब्याकग्राउन्ड म्यूजिक उत्कृष्ट देखिन्छ ।

‘एक राजा थिए, एकपछि अर्को लडाइँ हार्दै गए’ डायलगसहित ‘जवान’को ट्रेलर सुरु हुन्छ । एक्सन अवतारमा प्रस्तुत भएका शाहरुखको पाँच फरक अवतारमा देखाइएको छ । सिनेमामा उनी आर्मी अफिसर र भिलेनको भूमिकामा चित्रित छन् । सार्वजनिक ट्रेलरमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोणको झलक देखाइएको छ ।

‘जवान’को कथा पुनः एकपटक देश बचाउनु हो । जहाँ काली (विजय सेतुपति) जस्ता हतियार व्यापारीबाट देश बचाउनुपर्ने छ । तर यसपटक नायकको एकदमै फरक शैली देख्न सकिनेछ । प्रहरीको भूमिकामा साउथ अभिनेत्री नयनतारा प्रस्तुत छन् । दीपिका पादुकोण अतिथि भूमिकामा रहेको फिल्ममा सान्या मल्होत्रा, प्रियामणि, अश्लेशा ठाकुर, लहर खान, रिद्धि डोगरा, संजीता भट्टाचार्या, गिरिजा ओक गोडबोले, योगी बाबुको पनि अभिनय छ ।

रेड चिल्लीले निर्माण भएको सिनेमाका निर्देशक एट्ली कुमार हुन् । उनी दक्षिण भारतीय सिनेमा उद्योगका चर्चित निर्देशक हुन् । ‘जवान’ उनको डेव्यु बलिउड सिनेमा हो । हिन्दीसहित तमिल र तेलुगू भाषामा पनि रिलिज हुने सिनेमाले भारतीय बजारमा मात्रै ५ सय करोड माथिको व्यापार गर्ने प्रक्षेपण बलिउड ट्रेड एक्सपर्टहरुले गरेका छन् ।