दोस्रो सातामा केकी र सलोनको ‘जय हो’

दोस्रो सातामा केकी र सलोनको ‘जय हो’

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सोलन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘जय हो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । समीक्षक र दर्शकबाट कमजोर प्रतिक्रिया पाएको सिनेमा सिमित शो सङ्ख्या सहित दोस्रो सातामा प्रवेश गरेको हो ।

पहिलो हप्ताका सिनेमाले केही हलमा हाउसफुल व्यापार समेत गरेपनि बक्सअफिसमा व्यापार भने निकै कमजोर देखिएको छ । विकास बोर्ड बक्सअफिस डाटा अनुसार सिनेमाले एक सातामा दश लाख आसपासमा व्यापार गरेको हो । दोस्रो सतामा सिनेमा देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स, आईएनआई, बिएसआर, एफक्युब, विश्वज्योति, अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शन भैरहेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए ।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा थिए तर सोचे अनुरुपको सफलता उनलाई मिलेन । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् । सिनेमालाई नेपालमा डिसिएन, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गरेको हो । भने, विदेशमा देव कार्कीको नमस्ते इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको थियो ।