‘ऐंचो पैंचो’ टिम हल पुग्दा सुशिल र राजरामसँग छमछमी नाचे दर्शक

‘ऐंचो पैंचो’ टिम हल पुग्दा सुशिल र राजरामसँग छमछमी नाचे दर्शक

द सिनेमा टाइम्स
336
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कृषा चौलागाईको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचो’ जनैपूर्णिमाको अवसर पारेर हिजो बिहीबारबाट प्रदर्शनमा आएको छ । सिनेमाले बिहीबार र शुक्रबार देशैभरका हलमा दर्शकको सुखद् साथ पाइरहेको छ ।

शुक्रबार सिनेमाका मुख्य कलाकार सहित दर्शक प्रतिक्रिया बुझ्न विभिन्न हलमा पुगेको निर्माण टिम शुक्रबार पनि विश्वज्योति लगायतका केही हलमा पुगेको थियो । निर्देशक चौलागाई अभिनेता सुशिल सिटौला र राजाराम पौडेल लिएर विश्वज्योति हलमा पुग्दा दर्शक भरिभराउ थिए । कलाकार पुग्दा दर्शकले हुटिङ र तालिसहित स्वागत गरेका हुन् ।

केही दर्शकले अभिनेत सुशिल सिटौलालाई काँधमा बोक्नुका साथै ‘काले केटा’ले बोलको गीतमा छमछमी नाचे । निर्देशक चौलागाईले दर्शकको यस्तो प्रतिक्रियाले आफु र आफ्नो टिमलाई निकै उत्साह मिलेको बताइन् । हिजो र आज दर्शकको राम्रो साथ पाएका छौं । भोली शनिबार बिदाको दिन भएकाले पनि दर्शकको सङ्ख्य अझै बढ्ने विश्वास व्यक्त गरिन् ।

शुक्रबारका बिहानी शोमा ४० प्रतिशत आसपासमा अकुपेन्सी देखिएपनि दिउँसो र रात्री शोमा ८० देखि शतप्रतिशत अकुपेन्सी मिलेको वितरक रोहित कट्टेलले बताए । सिनेमाले बिहीबार र शुक्रबार राम्रो ब्यापार गरेकाले  शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएको भन्दै दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिलेकाले अझै राम्रो ब्यापार गर्ने अपेक्षा वितरक कट्टेलको छ । उनले काठमाडौं उपत्यकामा मात्रै नभई मोफसलमा पनि सिनेमाले राम्रो व्यापार गरिरहेको जानकारी दिएका छन् ।

‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।