पितृशोकमा अभिनेत्री नीता ढुंगाना

पितृशोकमा अभिनेत्री नीता ढुंगाना

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार अभिनेत्री नीता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको ८० वर्षको उमेरमा निधन भएको हो । नीताले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् बुबाको निधन भएको जानकारी गराएकी छन् । उनका पिताप्रति सिनेमाकर्मी तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बाल्यकालमै आमा गुमाएकी नीता बुबासँग नजिक थिइन् । नीताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जली अपर्ण गरेकी छन् । बुबाको साथ र हौसलाले सानै उमेरदेखि अभिनयमा होमिएकी नीता अहिले होम प्रोडक्सनको सिनेमा ‘ह्रस्व दीर्घ’मा व्यस्त छिन् । यो सिनेमाको केही प्रतिशत छायांकन भैसकेको छ भने बाँकी दशैंपछि सुरु हुनेछ ।