‘मायावी’ निर्माण तथा निर्देशनको तयारीमा दीवाकर, मुख्य भुमिकामा दीपिका

‘मायावी’ निर्माण तथा निर्देशनको तयारीमा दीवाकर, मुख्य भुमिकामा दीपिका

द सिनेमा टाइम्स
455
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीवाकर भट्टराई ‘मायावी’को निर्माण तथा निर्देशनमा जुटेका छन् । हाल धमाधम वर्कसप भैरहेको सिनेमा सिनेमाको छायांकन आगामी असोज २ गतेबाट हुनेछ । सिनेमाको सम्पुर्ण छायांकन पोखरामा गर्ने तयारी निर्देशक भट्टराईको छ ।

सिनेमामा अभिनेत्री दीपिका प्रसाईको मुख्य भुमिका रहनेछ । केही समयअघि उनको जोडीको रुपमा अभिनेता आर्शिवाद क्षेत्रीले अभिनय गर्ने पक्का भएका खबर आएको थियो । तर, यो सिनेमामा अन्य दुई अभिनेता पनि मुख्य कलकारको रुपमा अनुबन्धित भएका छन् । ती अभिनेता को-को हुन भन्ने निर्माण टिमले खुलाएको छैन् ।

जसले गर्दा सिनेमामा दीपिकाको जोडी कोसँग बाँधिएको छ ? भन्ने खुलेको छैन् । निर्देशक भट्टराई सिनेमाको छायांकनसँगै सिनेमाको सम्पुर्ण टिमको जानकारी गराउने तयारीमा छन् । साथै, छायांकन सुरु भएसँगै सिनेमामा दीपिकाको जोडी बनेर अभिनय गर्ने अभिनेताको पनि खुलासा हुने बताउँछन् । सिनेमा ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको दोस्रो पटक सहकार्य गर्दैछन् ।

क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको सिनेमामा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । दिवाकरले सिनेमा ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् । उनको निर्देशनमा निर्माण भएको सिनेमा ‘हनी बनी’ प्रदर्शनको तयारीमा रहेको छ ।