‘फर्की फर्की’को अनाउन्समेन्ट टिजर सार्वजनिक, कार्तिक अन्तिमबाट छायांकन

‘फर्की फर्की’को अनाउन्समेन्ट टिजर सार्वजनिक, कार्तिक अन्तिमबाट छायांकन

द सिनेमा टाइम्स
399
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को अनाउन्समेन्ट टिजर सार्वजनिक गरिएको छ । अनमोलकै ‘भ्वाइस ओभर’ रहेको टिजरमा उनी मात्र प्रस्तुत छन् । उनले बोलेका हरेक एक शब्द वजनदार र अर्थपूर्ण छन् । सिनेमाको सार्वजनिक टिजरमा अनमोलको बोल्ड आवाज दमदार सुनिन्छ ।

निर्माण टिमले टिजरमा अनमोलसँगै अभिनेत्री जसिता गुरुङलाई पनि प्रस्तुत गर्न चाहेको थियो । उनीहरुको ‘लभ एङ्गल’बाट टिजर तयार गर्न खोजिएको थियो । तर, जसिता परिवारसँग बेलायतमा भएकाले टिजरमा अनमोललाई मात्र चित्रण गरिएको हो । आगामी कात्तिक अन्तिम हप्ताबाट छायांकनमा जान लागेको सिनेमामा ‘सानो मन’ फेम्ड निर्देशक सुयोग गुरुङको लेखन तथा निर्देशन रहनेछ ।

रोहित अधिकारी र ओम अग्रवालले निर्माण गर्न लागेको सिनेमाको सह-निर्माताको रुपमा मनोज वली र रामु न्यौपाने छन् । आलोक शुक्लाको छायांकन रहने सिनेमामा रोमन बज्रचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, रोमन बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र निर्देशक गुरुङ स्वयंको सम्पादन रहनेछ । लभस्टोरी कथावस्तुमा निर्माण हुन लागेको सिनेमा अर्को वर्ष प्रदर्शन आउनेछ ।