दीवाकर भट्टराईको ‘मायावी’मा भित्रिए सुशिल र समिम

दीवाकर भट्टराईको ‘मायावी’मा भित्रिए सुशिल र समिम

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘मायावी’बाट समिम खानले अभिनेताको रुपमा डेब्यू गर्ने भएका छन् । निर्माण र उनीबीच मंगलबार सिनेमामा काम गर्ने बिषयमा औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’को विजेता रहेका उनीसँग म्यूजिक भिडियोमा अभिनय गरेको अनुभव छ । सन् २०१९ मा ‘जी म्यूजिक कम्पनी’बाट समिम अभिनीत ‘कुछ तो हुवा है’ बोलको हिन्दी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।

दीवाकरभन्दा अगाडि नै समिममाथि केही मेकरको नजर परिसकेको थियो । तर, उनीहरुसँग विभिन्न कारणले सहकार्य हुन सकेको छैन् । समिमको प्रवेशसँगै सिनेमामा प्रमुख कलाकारको लाइनअप पूरा भएको छ । सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाई र अभिनेता सुशील सिटौला मुख्य भुमिकामा अनुबन्धित भैसकेको छन् ।

सिनेमामा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । आगामी असोज २ गतेबाट पोखरामा छायांकन सुरु हुन लागेको ‘मायावी’मा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत तथा राजुविक्रम थापाको डिओपी रहनेछ ।