‘एक भागवत र एक गीता’ र ‘नांङ्गो गाउँ’को अग्रीम टिकट बुकिङ खुल्ला

‘एक भागवत र एक गीता’ र ‘नांङ्गो गाउँ’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेका दुई नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ र ‘नांङ्गो गाउँ’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । व्यापक प्रचार-प्रसारका बीच प्रदर्शनमा आउन लागेका दुई सिनेमाले सिंगल स्क्रिनदेखि मल्टिप्लेक्स हलसम्म राम्रो शो पाएका छन् ।

क्यूएफएक्सले उपत्यकाका सिभिल, छायाँ सेन्टर, लाबिम र भाट भटेनी भक्तपुरमा गरेर ‘एक भागवत र एक गीता’लाई ९ शो र मोफसलमा १० गरी १९ शोज मात्र दिएको छ । यस्तै, ‘नाङ्गो गाउँ’ले क्यूएफएक्सको काठमाडौं उपत्यकाको चेनमा १२ शोज मोफसलमा १५ शो सहित २७ शो पाएको छ ।

इता वान सिनेमाज् नयाँ बानेश्वरमा यी दुई सिनेमा ‘नाङ्गो गाउँ र एक भागवत र एक गीता’ले ४-४ शोज पाएका छन् । वान सिनेमाज् कालिमाटीमा यी दुई सिनेमाले ३-३ शोज पाएका छन् । बीग मुभिजले ‘एक भागवत् र एक गीता’लाई ५ शोज दिदा ‘नाङ्गो गाउँ’लाई ४ शोज दिएको छ । चाबहिलको चुच्चेपाटीमा रहेको एफक्यूबले ‘नाङ्गो गाउँ’लाई ६ शोज दिदा ‘एक भागवत् र एक गीता’लाई ४ शोज दिएको छ ।

जनकपुरको सेटिङमा खिचिएको झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको ‘नांङ्गो गाउँ’मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ । सिनेमामा एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ ।

क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र लामा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमाका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । सिनेमाको सार्वजनिक ट्रेलरले शिक्षण पेशाबाट राजनीतिमा छिरेका दयाहाङ र राजनीतिलाई व्यवसाय पेशाको रुपमा अंगालेका शिशिरबीचको राजनीतिक दाउपेचमा केन्द्रित रहेको बुझाउँछ ।