दीपक-दीपाको सिनेमा हल भोलि शुक्रबारबाट सञ्चालनमा आउँदै

दीपक-दीपाको सिनेमा हल भोलि शुक्रबारबाट सञ्चालनमा आउँदै

द सिनेमा टाइम्स
735
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्माको टिमले काठमाडौंस्थित नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा आईएनआई सिनेमा हल सञ्चालमा ल्याउने भएका छन् ।

आईएनआईले यो तेस्रो आउटलेटका रुपमा सञ्चालनमा ल्याउन लागेको हो । यसअघि यो समुहले काठमाडौं गोंगबु नयाँ बसपार्कको लोत्से मलमा र रुपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा ल्याईसकेको छ । योसँगै आईएनआई सिनेमा नेपालको दोस्रो ठुलो मल्टिप्लेक्स चेनसमेत बनेको छ ।

शुक्रबारबाट सञ्चालनमा आउने भएपछि यो हल यतिबेला सिँगारिएर झकिझकाउ बनाइएको छ । ‘आइएनआई सिनेमा हल’मा भोलि शुक्रबारबाट नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) र ‘नांङ्गो गाउँ’सँगै ‘जवान’ र ‘द नन् २’ लगायतका विदेशी सिनेमा पनि दर्शकले हेर्न पाउने सञ्चालक दीपकराज गिरीले बताए ।

वानेश्वरदेखि शङ्खमूल जाने बाटोको बायाँपट्टी रहेको हलमा दुईवटा स्क्रिन रहेको निर्माणका लागि करिब १० करोड लगानी लागेको बताइएको छ । यी दुई हलमा एकसाथ ४०० दर्शकले सिनेमा हेर्न पाउने छन् ।