शुक्रबारबाट प्रदर्शनमा आए ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’

शुक्रबारबाट प्रदर्शनमा आए ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट दुई नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’लाई प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका दुवै सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो पाएका छन् ।

शुक्रबार बिहानी शोमा दुवै सिनेमाले राम्रो सुरुवात गरेका छन् । दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिलेको खण्डमा शनिबारबाट नै सिनेमाको शो सङ्ख्या बढ्ने विश्वास निर्माण टिमलाई छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित ‘एक भागवत र एक गीता’ले लैंगिक अल्पसङ्ख्यक समुदायको कथालाई उठान गरेको छ । सिनेमामा विपिन कार्की ट्रान्सजेन्डरको भूमिकामा रहेका छन् । सुनील कुमार थापाको निर्माण रहेको सिनेमामा सुहाना थापा, धीरज मगर, अनुराग कुँवर, कबीर खड्का, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, संजोग रसाइलीको पनि अभिनय छ ।

त्यस्तै, शुक्रबार नै प्रदर्शनमा आएको दीपेन्द्र लामाद्वारा निर्देशित अर्को सिनेमा ‘नाङ्गो गाउँ’मा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, कमलमणि नेपाल, अंकित खड्कालगायतको अभिनय छ ।

क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र लामा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । हिमाल कडरिया प्रस्तुतकर्ता रहेको सिनेमामा जय श्रेष्ठको लगानी छ भने सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।